“धादिङमा कोरोना भाइरसको पूर्वतयारी सन्तोषजनक छ” : सांसद त्रिपाठी


  • नागरिक पाटी
  • सोम, चैत्र २४, २०७६

धुनिबेशी । बिश्वभर देखिएको कोरोना भाइरस कोभिड १९ को महामारीले आक्रान्त बनाएको अबस्थामा धादिङका अधिकांस स्थानिय तहहरुले पुर्बतयारीलाई तिब्रता दिएको सघिय सांसद तथा धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य भुमि त्रिपाठीले बताउनुभएको छ । बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बिश्व नै आक्रान्त भएको अबस्थामा नेपालमा पनि बिषेश तयारी भईरहेको छ । संघिय सांसद भुमी त्रिपाठीले नेपालमा कोरोना भाइरस दोस्रो चरणमा प्रबेश गरेको भन्दै अझै तयारीहरुलाई तिब्रता दिन आबश्यक रहेको बताउनुभयो । उहाँले धादिङका सबै स्थानिय तहहरुले तयारी तिब्र बनाएको र यसबाट जनता स्वयम् पनि सचेत बन्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा लकडाउनको अबस्थामा रहेकाले यो नियम सबैले पालना गरिदिन आग्रह समेत गर्नुभयो । उहाँले कोरोनाबाट बच्ने मुख्य औषधी भनेकै एक अर्काबाट टाढा बस्ने भएकाले पनि यो नियम बिषेश कडाईका साथ पालना गर्न आग्रह गर्नुभयो ।

अहिले देश संकटमा परेको अबस्थामा बिकास निर्माणका काम भन्दा पनि जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो । जनता बचाए मात्र अरु विकासका कामको कल्पना गर्न सकिने भन्दै जनताको सुरक्षाको लागी बिकास तर्फको बजेट पनि प्रयोग गरेर जनता बचाउने तर्फ अग्रसर हुनुपर्ने बेला आएको उहाँको भनाई छ ।

अहिले लकडाउनको अबस्थामा कतिपय जनताहरु ज्याला मजदुरी गर्ने ब्यक्तिहरुको अबस्था कमजोर हुने भएकाले उनीहरुको रक्षा सरकारले गर्ने भन्दै संघिय सांसद त्रिपाठीले लकडाउनको अबस्थामा राहतका कार्यक्रमहरु ल्याएको बताउनुभयो । बडा तथा पालिकाहरुबाट साझेदारी गरेर यो राहतका कार्यक्रम अगाडी बढाईने र पारदर्शिताका साथ काम अगाडी बढ्ने उहाँको भनाई छ । साँसद त्रिपाठीले यो संकटको बेलामा सबै क्षेत्रबाट मिलेर अगाडी बढ्नुको बिकल्प नरहेको बताउनुभयो । उहाँले काम बिषेश नपरी घरबाट बाहिर ननिस्कन पनि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology