Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

नेपालमा कोरोनाको दोस्रो चरण

नेपालमा कोरोनाको दोस्रो चरण

नागरिक पाटी

२५, चैत्र २०७६
सम्पादकिय विदेशबाट आएका व्यक्तिमा मात्र सीमित संक्रमण पहिलो चरण हो। ती व्यक्तिले आफ्नो परिवारमा संक्रमण गराएपछि दोस्रो चरण सुरु हुन्छ। अनि समुदायबाट समुदायमा संक्रमण तेस्रो चरण हो भने महामारीको अवस्था चौथो चरण। नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको दोस्रो चरण सुरु भएको छ। अभैm पनि सचेतना नअपआउने र लकडाउनलाई कडिकडाउ नतुल्याउने हो भने तेस्रो चरणको संक्रमण सुरु हुनेछ। तीन महिनाअघि नै विश्व कोरोनाको चपेटामा परेपनि नेपालले सबै देशका पर्यटकलाई आउन दिइरहँदा यो समस्या आएको छ । पहिलोपटक एक व्यक्तिमा संक्रमण भएको सार्वजनिक भएपछि सरकारले बल्ल लकडाउन ९चैत ११ गते० गरेको थियो । त्यसबाहेक कोरोनाको कहरबाट जोगिने पर्याप्त समय हुँदाहुँदै पनि सरकारले अनेक वहानाबाजी गरेर व्यक्तिगत सुरक्षाका लागि आवश्यक चिकित्सकीय उपकरणको बन्दोबस्ती नगरेको पक्कै हो। ढिलाइ हुनुको पछाडि कमिसनको चक्कर रहेछ भन्ने स्पष्ट भयो। बिनाप्रतिस्पर्धा बजार मूल्यभन्दा ४७ गुणासम्म महँगोमा सामान खरिद गरिएपछि त्यसको पुष्टि भयो। सार्वजनिक रूपमा सरकारको तिखो आलोचना भएपछि खरिद सम्झौता रद्द गरियो। यतिबेला लकडाउनको विकल्प छैन तर जनजीवनलाई असर पर्न नदिनु राज्यको दायित्व हो। अत्यावश्यक आपूर्ति र सेवाप्रवाह ठप्प छ। लकडाउनसँगै आवश्यक आपूर्ति सहज र सुगम पनि हुनुपर्छ। लकडाउनले सामान्य जनजीवनलाई तहसनहस पारेको छ। उदाहरणका लागि उपत्यकामा पाँच लाख गाई पालिएका छन्, विभिन्न फर्महरूमा। अहिले ती गाईको दाना, पीठो, ढुटो, पराल आदि आपूर्ति ठप्प छ। गाई मर्ने अवस्थामा पुगेका छन्। तर सरकारले यसतर्पm कुनै चासो राखेकै छैन। कुन क्षेत्रमा कस्तोखाले सेवा प्रवाह आवश्यक पर्छ र केकस्ता आपूर्ति जरुरी छ भन्ने अनुमान समेत लगाउन सकेको छैन।

प्रकाशित मिति :चैत्र २५, २०७६ मंगलवार - ०९:१८:४९ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology