डा.महावीर पुन लगायतको सहभागितामा नेपालमै निर्माण भएको एन ९५ मास्कको ल्याब टेष्ट सफल


  • नागरिक पाटी
  • शनि, बैशाख १३, २०७७

काठमाण्डौ । युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा.महावीर पुनलगायतका अनुसन्धानकर्ताहरुको सहभागितामा निर्माण भएको मास्कको ल्याब टेष्टको नजिता सकरात्मक आएको छ । गुणस्तरीय एन ९५ मास्कको विकल्पको रुपमा अनुसन्धान केन्द्रमा निर्माण गरिएको मास्कको ल्याब टेष्ट सफल भएको डाक्टर पुनले बताउनु भएको हो ।

उहाँले यस मास्कमा हेपा९एचइपीए० फिल्टर र एन ९९ फिल्टरको प्रयोग गरिएको जानकारी गराउनु भएको छ । अनुसन्धानबाट हेपा फिल्टरले एन ९५ मास्क जत्तिकै र एन ९९ फिल्टरले एन ९५ मास्कले भन्दापनि राम्रोसँग ०।३ माइक्रोनसम्मका किटाणुलाई फिल्टर गर्न सक्ने रिपोर्ट आएको छ ।

मास्कको परीक्षण तिलगंगा आँखा अस्पतालका विज्ञद्धय प्रदिप कार्की र नविन अधिकारीले गर्नुभएको पुनले जानकारी गराउनु भएको छ ।

नेपालमा नै गुणस्तरीय फिल्टरयुक्त मास्क निर्माण गर्न सकिने भन्दै उहाँले अनुसन्धानमा सक्रिय विज्ञ र तिलगंगा आँखा अस्पताललाई धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology