Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगित

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगित

नागरिक पाटी

१३, बैशाख २०७७
वासिङ्गटन डीसी । नेपाल-अमेरिका फिल्म सोसाइटीले २०२० जुन २६ देखि २८ सम्म वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गर्न लागेको नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण स्थगन गरेको छ । नेपाल, अमेरिका र अन्य विभिन्न देशबाट आवेदन परेका चलचित्रहरुको छनोट प्रक्रियामा रहेको चलचित्र महोत्सवको सबै प्रक्रिया स्थगित भएको छ । आवेदनका क्रममा चलचित्रकर्मीहरुले तिरेको सम्पूर्ण शुल्कहरु पनि फिर्ता गरिएको छ । अन्तिम तयारीमा रहेको अन्तर्राष्ट्रिय महोत्सव कोरोना संक्रमणले गर्दा विश्वव्यापी स्वास्थ्य संकट थप अनिश्चित बन्दै गएकोले स्थगन गर्नु परेको हो । कोरोना भाईरसको माहामारीकै कारण महोत्सव आयोजना हुने म्यारिल्याण्ड लगायत संयुक्त राज्य अमेरिकाका प्राय सबै राज्यहरुमा संकटकाल घोषाणा गरिएको छ । यस वर्षको महोत्सव स्थगित भए पनि केहि भर्चुअल कार्यक्रमहरु गरिने योजना रहेकोछ । कोरोना संक्रमणको संकट सामान्य बन्दै गएपछि चलचित्र महोत्सव २०२१ को घोषणा र अन्य चलचित्र सम्बन्धि वार्षिक कार्यक्रमहरु घोषणा गरिने छ । सोसाइटीको फेसबुक पेजमा यी कार्यक्रमहरुका बारेमा निरन्तर जानकारी राखिनेछ । मेरिल्याण्डको ए।एफ।आइ सिल्भर थिएटर, सिल्भरस्प्रिङ्ग र रिगल सिनेमा ह्याट्सभिल आयोजना हुँदै आएको महोत्सव अमेरिकामा रहेका अन्तर्राष्ट्रिय डायस्पोराको साझा मञ्चको रुपमा स्थापित हुँदै आएको छ ।

प्रकाशित मिति :बैशाख १३, २०७७ शनिवार - ०७:५३:३८ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology