Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

गजुरीको तुदी झरना स्थानिय नागरिकको गन्तव्य बन्दै

गजुरीको तुदी झरना स्थानिय नागरिकको गन्तव्य बन्दै

नागरिक पाटी

२२, बैशाख २०७७
नागरिक पाटी संवादाता गजुरी । धादिङको गजुरी गाउँपालिकाको तुदी झरना नागरिकलाई लकडाउनमा गन्तव्य बन्दै गएको छ । विश्वभर माहामारीका रुपमा फैलिरहेको कोराना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा तुदी झरना स्थानिय नागरिकको गन्तव्यका भएको छ । सरकारले लकडाउन अवधि थपेसंगै तुदी झरना गन्तव्य बनाउनको संख्या पनि थपिदै गएको गजुरी गाउँपालिका वडा नम्बर २ का स्थानीयले बताएका छन । झरनाको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटकको नयाँ गन्तव्य हुने स्थानीयले बताएका छन् । झरनामा प्रतेक दिन एक सय भन्दा बढी मानिस परिवारका सदस्यहरु सहित झरना पुग्ने गरेको छन । विहानको खाना घरमा खाएर तयारी खाजा लिएर जाने दिनभर झरनामा खेल्ने अनि वेलुका घर फर्के गरेको गजुरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चूडामणि कडेलले जानकारी दिनु भएको छ । यस तुदी झरना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अपाध्यक्ष सिता ढुङगानाले बताएकी छिन । आगामी वजेटमा प्राथमिकतामा राखेर विकास गरिने उपाध्यक्ष ढुङगानाले बताउनु भयो । नेपालकै प्रसिद्ध माछा बजार मलेखु पुलबाट १० किलो मिटरमा सझना पुग्न सकिन्छ ।

प्रकाशित मिति :बैशाख २२, २०७७ सोमवार - १७:२१:४० बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology