Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

धादिङ बेनिघाटमा क्षेत्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुँदै

धादिङ बेनिघाटमा क्षेत्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुँदै

नागरिक पाटी

२२, बैशाख २०७७
धादिङ । धादिङको बेनीघाट रोराङमा बन्न लागेको क्रिकेट रंगशाला निमार्णले गति लिएको छ । खेलकुद क्षेत्रलाई बिश्वस्तरसम्म पुराउने अभिप्रायले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ बाहुनटारमा १५ करोड डिपिआर रहेको क्रिकेट रंगशाला निर्माण हुन लागेको हो । संघीय सरकार तथा बेनिघाट रोराङ गाउँपालिकाको साझेदारीमा रंगशाला निर्माणका लागी यस वर्ष रु. ५० लाख विनियोजन भएको क्रिकेट अभियान्ता, बेनिघाट रोराङ ५ का खेलकुद संयोजक तथा निर्माण समितीका अनुगमन सदस्य दिपेश कँडेलले बताएका छन् । गत सोमबार कृष्णराम कँडेलको अध्यक्षतामा निर्मार्ण उपभोक्ता समिति गठनसँगै काम तिब्र रुपमा अगाडी बढेको र रंगशाला निर्माणमा आबश्यक सामाग्रीको कोटेशन माग गरिएको कँडेलले बताए । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी हरि ले संघिय सरकार तथा गाउँपालिकाको समग्र प्रयासमा रंगशाला निर्माण हुन लागेको बताएका छन् । उनले शुक्रबार रंगशालाको लागी बाटो निर्माण भएको र अब रंगशालाको काम अगाडी बढाईने बताए । केहि दिनदेखि पानी परिरहेकोले अहिले केहि दिन काम रोकिए पनि तिब्र रुपमा काम भईरहेको अध्यक्ष डल्लाकोटीले बताएका छन् । धादिङकै गौरवको कुरा भन्नुपर्छ हामीले यति ठुलो क्रिकेट रंगशाला निर्माण गर्न लागेका छौँ, अध्यक्ष डल्लाकोटीले भने बेनिघाट रोराङ गाउँपालिकालाई धादिङकै नमुना बनाएर देखाउने प्रयास गरिरहेका छौँ । उनले थपे रंगशाला निर्माणका लागी बजेट अभाव भएपनि गाउँपालिकाले प्रदेश तथा संघिय सरकारसँग पहल गरेर निर्माणलाई अगाडी बढाउने प्रयत्नमा छौँ ।सानो उमेरको बच्चा देखि बुद्धहरुमा क्रीकेट प्रतिको मोह र चासो बढ्दै गर्दा सम्पुर्ण सरोकारवालादेखि क्रिकेट संघको ध्यान खिच्नुका साथै धादिङ क्रीकेट संघ गठन प्रक्रिया अगाडि बढ्दै गएको छ । क्षेत्रीय स्तरको क्रिकेट रंगशाला निर्माण हुनेभए संगै धादिङका युवा खेलाडीहरु हर्सित भइ अवसरको पर्खाइमा रहेका छन् । २०७६ सालमा धादिङ जिल्लाले खेल क्षेत्रमा धेरै सफलताहरु हात पार्न सफल भएको छ । १३औँ साग लगायत अरु बिभिन्न प्रतियोगिताहरुमा धादिङ जिल्लाको सहभागीता र विजयले धादिङ जिल्ला खेल क्षेत्रमा पनि अब्बल छ भन्ने सुखद् सन्देश देशभर दिन सफल भएको छ । स्थानीय क्रिकेट अभियान्ताहरुकै पहल र खेलाडीको रुचिका कारण पनि जिल्लामा क्रिकेट गतिविधि भने बढिरहेको छ । विद्यालयको वार्षिक कार्यक्रमहरुमा समेत क्रिकेट खेल समावेश गरिन थालिएको छ । रंगशाला निर्माणको डिपिआर बजेट करिब १५ करोड रहेको छ, कँडेलले भने ‘अब बजेट के कसरी आउँछ त्यसमा पनि भर पछर्, उनले थपे मैदानको निर्माणपछि धादिङको क्रिकेटले अझैं फड्को मार्ने छ । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी धादिङबाट उत्पादन हुने छ । अर्कोतर्फ धादिङ जिल्ला क्रिकेट संघ गठन प्रक्रियामा छौं ।,’ रंगशाला निर्माणका लागी सबैबाट साथ तथा सहयोगको खाँचो भएको समेत कँडेलको भनाई छ ।

प्रकाशित मिति :बैशाख २२, २०७७ सोमवार - १८:२५:५५ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology