धादिङमा धारिलो हतियार प्रहारबाट गम्भीर घाईते


  • नागरिक पाटी
  • आइत, बैशाख २८, २०७७

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका स्थित फुलखर्क देउरालीमा धारिलो हतियार प्रहारबाट यमबहादुर गुरुङ गम्भीर घाईते भएका छन् । धारिलो हतियार प्रहारबाट गंगाजमुना एकेडेमीका शिक्षक समेत रहेका गुरुङको दुबै खुट्टा काटिएको र दुबै हात मध्ये एउटा हात छिनेको अवस्था रहेको जनार्ईएको छ ।

हतियार प्रहार गर्ने भिमसेन बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology