आगामी मंगलबारसम्म विभिन्न स्थानमा हावाहुरीसहित असीना पानी पर्नेे पूर्वानुमान


  • नागरिक पाटी
  • आइत, बैशाख २८, २०७७

काठमाण्डौँ । आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

महाशाखाका अनुसार अहिले मुलुकका पश्चिमी भू(भागमा बदली भई हावाहुरीसहित मेघ गर्जनकासाथ पानी परिरहेको छ ।
दिउँसोसम्म मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology