Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

कोरोना राहत : नवज्योती सहकारीद्धारा धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई नगद सहयोग

कोरोना राहत : नवज्योती सहकारीद्धारा धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई नगद सहयोग

नागरिक पाटी

२८, बैशाख २०७७
धार्के । धादिङको धुनिबेशी ६ धार्केमा रहेको नवज्योती बचत तथा क्रृण सहकारीले दुईवटा पालिकालाई नगद सहयोग हस्तान्तरण गरेको छ । कोरोना भाईरसबाट समस्यामा परेका नागरिकलाई एकद्धार प्रणालीबाट पालिकाले राहत वितरण गरिरहेकाले सहकारीका पदाधिकारी धुनिबेशी नगरपालिकाको कार्यालय खानिखोला र थाक्रे गाउँपालिकाको कार्यालय महादेववेशी पुुगेर ५१/५१ हजार रुपैँया हस्तान्तरण गरिएको हो । नवज्योेती सहकारीका अध्यक्ष अर्जुन आचार्यले धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुुभएको छ । यस अघि सहकारी सञ्चालक समितीको बैठकले आफ्नो कार्यक्षेत्र भित्र रहेका दुुई पालिकामा नगद सहयोग हस्तान्तरण गर्ने निर्णय गरेको थियो । यस्तै सहकारीले लकडाउनको अवधी देखी ब्याजमा चैत्र र बैशाख महिनाको १० प्रतिशत छुट दिने, कोरोना महामारीको कारण दैनिक गुजारा गर्न समस्या भएका सहकारीका सेयर सदस्यहरुलाई पहिचान गरि सहयोग गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार - १८:५०:०७ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology