धादिङको गजुरीबाट सय किलो चरेस सहित २ जना पक्राउ


  • नागरिक पाटी
  • बिहि, जेष्ठ १, २०७७

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने दरिङ्गाल खोलाबाट १ सय किलो चरेस सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले बैशाख ३१ गते राती २ वटा मोटरसाईकलमा चरेश राखेर आदमघाट तर्फ आउदै गरेको समयमा प्रहरीले पक्राउ गरेको बताउनुभयो ।

ग्राहक बनेर खरिद गर्न गएको प्रहरीले चरेस सहित गजुरी गाउँपालिका वडा नम्बर २ बस्ने ३७ बर्षिय टेक बहादुर तामाङ र सोहि स्थानमा बस्ने २६ बर्षिय विशाल तामाङलाई पक्राउ गरेको डिएसपी खड्काको भनाई छ । चरेस बोक्नको लागि प्रयोग भएको बा ९७ प ४९९९ र प्रदेश नम्बर ३–०२–०११ प ७४५८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology