बेरोजगारी जनतालाई कृषि तथा निमार्ण क्षेत्रमा परिचालन गरिने


  • नागरिक पाटी
  • शुक्र, जेष्ठ २, २०७७

काठमाडौं । सरकारले बेरोजगार नागरिकलाई कृषि, बृहत भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, निमार्ण र सेवा क्षेत्रमा परिचालन गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दक्ष श्रमिक कामको सम्मान स्वरोजगार, उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सहितको श्रम व्यवस्थापन सरकारको प्रमुख श्रम नीति हुने बताउनु भएको छ ।

कोभिड १९ को विश्वव्यापी माहामारीले स्वदेशी रोजगारी संकुचित हुने र वैदेशिक रोजगारीमा रहेका नेपाली फर्किने सम्भावित परिस्थितीले बेरोजगारको संख्या बढ्ने जोखिम देखिएको राष्ट्रपति भण्डारीले बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology