धादिङबेशीको मासु पसलमा आगलागी


  • नागरिक पाटी
  • शुक्र, जेष्ठ २, २०७७

धादिङ । धादिङको एक मासु पसलमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ पुछारबजार बसपार्क रोडमा रहेको रेडियो विहानीको घरमा सटर भाडा लिएर संचालन गरिएको रामकोट फ्रेस हाउसमा आगलागी हुँदा पसल जलेर पुर्ण क्षति भएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी रुपक खड्काले बताउनुभयो ।

आगलागी लगत्तै नगरपालिकाको दमकल, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्वयंसेवकहरुको पहलमा आगो नियन्त्रणमा लिइएको थियो । तर पसलमा रहेका फ्रिज खाद्यान्न लगायतका सामाग्रीहरु भने पुर्ण रुपमा जलेको छ । आगलागीबाट ५ लाख भन्दा माथीको क्षति भएको अनुमान गरिएको छ । समयमै आगो निभाउन सकेकाले माथिल्लो तल्लामा रहेको रेडियो विहानीको स्टेशन जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology