कोरोनाबाट जोगिन घरमै बस्न आग्रह गरिरहेका छौँ


  • नागरिक पाटी
  • आइत, जेष्ठ ४, २०७७

विष्णु बहादुर नेपाली, प्रहरी नायब निरिक्षक, गल्छि प्रहरी चौकी

हामीले धादिङको गल्छि गाउँपालिका ८ कटुवालपौवामा कोरोना सँक्रमित भेटिएपछि गाउँ सहित गल्छिबाट गाउँ पुग्ने बाटो आसपास पनि शील गरेका छौँ । शील सँगै सर्वसाधारणका लागि सुचना जारी गरेर जेठ ६ गते राती १२ बजे सम्मका लागि घरबाहिर ननिस्कन आग्रह गरेका छौँ । बजारमा पनि हामीले नियमित गस्ती गरिरहेका छौँ । गस्ती गर्दा हामीले बाटो हिँड्नेहरुलाई सम्झाई बुझाई गर्ने गरेका छौँ । कोरोनाबाट जोगिन घरमै रहन आग्रह गरिरहेका छौँ । यति हुँदा पनि उनिहरुले नमानेको अवस्थामा स्थानिय सरकार सँग समन्वय गरेर नियन्त्रणमा पनि लिन पर्ने हुन सक्छ ।

अर्को कुरा गल्छि गाउँपालिका भौगोलिक हिसाबले डाँडाकाँडा भएपनि टोली टोलीमा गस्ती गरिहेका हुन्छौँ । म के भन्न चाहन्छु भने तपाइहरु घरमा बस्नुस्, कोरोनाबाट जोगिन माक्स, स्यानिटाईजरको प्रयोग गर्नुस् । तपाईलाई केहि अप्ठ्यारो परे हामीलाई भन्नुस् ।

नागरिकपाटीकर्मी विपिन मल्लले गर्नुभएको कुराकानीमा आधारीत

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology