Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

कोरोना परीक्षणलाई तीव्रता दिऔं र सबै एकजुट भएर महामारीविरुद्ध लडौं ।

कोरोना परीक्षणलाई तीव्रता दिऔं र सबै एकजुट भएर महामारीविरुद्ध लडौं ।

नागरिक पाटी

५, जेठ २०७७
कारोना महामारी रोकथामका लागि आवश्यक सबै उपाय अबलम्बन गर्दा पनि संक्रमणको गति उकालो लाग्दै गर्दा दुई जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यसबाट नेपालमा कोरोनाको संक्रमणले सोचेभन्दा भयावह रूप लिने देखाएको छ । रोकथामका प्राथमिक उपायहरू छिचोलेर बस्तीबस्तीमा पुगिसकेको कोरोना संक्रमण रोक्न अब परीक्षणलाई तीव्रता दिनुको विकल्प रहेन । जति सक्यो चाँडो परीक्षणको कामलाई अघि बढाउन सके मात्र संक्रमित र असंक्रमित छुट्याएर सम्भावित संक्रमणलाई कम गर्न सकिने देखिन्छ । असंक्रमितलाई अनुशासित भएर रोकथामका उपाय अवलम्बन गर्न र संक्रमितलाई उपचारको पंक्तिमा वर्गीकरण गरी अस्पताल भर्ना गर्न ढिलाइ गर्नुहुँदैन । यसलाई स्थानीय, प्रादेशिक तथा संघीय सरकारको प्राथमिक कार्यमा पार्नु जरुरी भइसकेको छ । देशभित्र संक्रमितको संख्या बढ्दो छ । सीमा इलाका र विशेषतः भारतबाट ठूलो संख्यामा परदेसिएका नेपालीहरू भिœयाइँदै छन् । उनीहरूको पनि परीक्षण र व्यवस्थापन जरुरी छ । एकातिर रोग परीक्षण द्रुत गतिमा अघि बढाउनुपर्ने बाध्यता त आइलागेको छ नै अर्कोतिर संक्रमितका लागि औषधि, सामग्री, चिकित्सक तथा अस्पतालको पनि उत्तिकै जरुरी भइसकेको छ । नेपाली सेनाले चीनबाट स्वदेश ल्याइपु¥याएको औषधि, सामग्री तथा उपकरण बिनाढिलाइ आवश्यकताका आधारमा गाउँगाउँमा पु¥याउनु जरुरी भइसकेको छ । एकै दिनको ढिलाइले पनि आजको मात्रात्मक संक्रमणमा रहेको महामारी भोलिका दिनमा गुणात्मक बनेर डढेलोझैं सल्कन पनि बेर नलाग्ने देखिन्छ । सतर्कताका हिसाबले सामाजिक दूरी कायम गर्नेदेखि लकडाउनसम्मका उच्च सतर्कता अपनाइए पनि विश्व नै महामारीको चपेटामा परिरहेको बेला नेपाल यसबाट अछुतो रहने त कल्पना पनि गर्न सकिँदैनथ्यो तथापि महामारीको संक्रमणको संकेत देखापरिसकेपछि अपनाइनुपर्ने छोटा, भरपर्दा र विश्वसनीय विधि प्रयोगमा ल्याउन ढिला भए । कतिपय अवस्थामा सरकारका कदम विवादित र आलोच्य रहे । यसले जनमानसमा सरकारप्रति रहेको विश्वासमा दरार पैदा गर्न सघाउ पु¥यायो । तथापि, सरकारले आफ्ना प्रयास यो वा त्यो रूपमा जारी नै राख्यो । जनता पनि सरकारी प्रयास छिटो र भरपर्दो होऊन् भन्ने आशामा प्रतीक्षारत रहे । अब स्वदेशमा भित्रिएका सामग्रीहरू तथा चिकित्सकलाई सरकार आफैंले निर्माण र वर्गीकरण गरेको संक्रमित क्षेत्रका आधारमा छिटोभन्दा छिटो वितरण र परिचालन गर्नु जरुरी भइसकको छ । उपचारका क्रममा सरकारले जनप्रवाहका हिसाबले कुन ठाउँ बढी संक्रमित छ र त्यसको सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध र आउजाउका हिसाबले संक्रमणको थप चपेटामा पर्न सक्छ, सोको अनुमानित खाका निर्माण र सतर्कता अहिल्यै अपनाउनु जरुरी छ । यदि त्यसो नगरिएर अनुभवका आधारमा हिँड्न थाल्ने हो भने महामारीको संक्रमण अघिअघि र उपचार पछिपछि हुन गई रोगले अनिष्टता भयंकर निम्त्याउन सक्छ । जस्तो खालको रोगको प्रकृति छ, हाम्रा उपचारका अग्रमोर्चा र रोगविरुद्ध लडाइँका तरिकाहरू पनि त्यस्तै प्रकृतिका हुनु जरुरी छ । भनिन्छ, स्यालको सिकारमा जाँदा बाघको सर्जाम गर्नुपर्छ । स्याल खोज्दै जाँदा बाघसँग जम्काभेट नहोला भन्न सकिँदैन । उसो त नेपालमा प्रवेश र संक्रमण गरिरहेको कोरोना नेपालीको ‘जिन’माथि आक्रमण गर्न सक्ने भिन्न संस्करणको रहेको पनि भनिएको छ । यसले हामी आफंैले उच्च सतर्कता अपनाउँदै महामारीविरुद्ध लड्नुपर्ने आवश्यकता बोध गराएको छ । त्यसैले, कोरोना संक्रमित र असंक्रमितलाई यथासमयमै छुट्याउन परीक्षणलाई तीव्रता दिऔं र सबै एकजुट भएर महामारीविरुद्ध लडौं ।

प्रकाशित मिति :जेठ ५, २०७७ सोमवार - ०९:२४:३१ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology