आजबाट ला लिगाले सामूहिक प्रशिक्षण सुरु गर्ने


  • नागरिक पाटी
  • सोम, जेष्ठ ५, २०७७

एजेन्सी । स्पेनिस ला लिगाले आज (सोमबार)बाट सामूहिक प्रशिक्षण सुरु गर्ने भएको छ। जुनमा खेल सुरु गर्ने आशाका साथ लिगले आजबाट सामूहिक प्रशिक्षण सुरु गर्ने बताएको हो।

केही समय अघिबाट सुरु गरिएको व्यक्तिगत प्रशिक्षणको लागि खेलाडीले कोरोनाको टेस्ट गराएका थिए। उक्त टेस्टमा ला लिगा र सेकुन्डाका ५ खेलाडी संक्रमित पाइएका छन्।

त्यस्तै संक्रमण नभएका खेलाडीेले भने आजबाट १० जनाको समूह बनाएर प्रशिक्षणमा भाग लिन पाउने बताइएको छ। १२ जुनबाट बन्द रंगशालामा सुरु गर्ने भनिएको प्रतियोगिताका लागि समूहिक प्रशिक्षण सुरु गर्न लागिएको हो।

सामूहिक प्रशिक्षणका लागि सुरुमा ८ जना तोकिएको भए तापनि २ जना बढाएर १० पुर्याइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology