धादिङको थाक्रेमा कोरोना सँक्रमित भेटिएपछि विभिन्न स्थान शील, आवतजावत पुर्ण रुपमा बन्द


  • नागरिक पाटी
  • मङ्ल, जेष्ठ ६, २०७७

आशिष ठकुरी

धादिङ । धादिङको थाक्रे वडा नम्बर ७ एक व्यक्तिमा सोमबार कोरोना सँक्रमण भएको पुष्टि भएपछि पालिकाको विभिन्न स्थानमा शील गरिएको छ । सँक्रमित व्यक्तिको घर तथा बस्ती र पुर्वमा गोजेखोल्सा एभरेष्ट पम्प, पश्चिममा पृथ्वी राजमार्गको ८ किलो, उत्तरमा महेशखोला र दक्षिणमा उडुवादेवी आधारभुत विद्यालय भित्रको चार किल्ला शील गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले नागरिकपाटीलाई जानकारी दिनुभयो ।

काठमाण्डौको बागबजारमा प्रेस ब्यवसाय गरेर बस्ने उनी गत चैत्र ११ गते थाक्रे स्थित गाउँ आएर २८ गते काठमाण्डौ नै फर्किएका थिए । गाउँको स्थानीय ब्यक्तिलाइ कोरोनाको संक्रमण देखिएपछि काठमाण्डौको बागबजारमा प्रेस ब्यवसाय गरेर बस्ने उनी गत चैत्र ११ गते थाक्रे स्थित गाउँ आएर २८ गते काठमाण्डौ नै फर्किएका थिए । गाउँको स्थानीय ब्यक्तिलाइ कोरोनाको संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिको बैठक बसि शील गरिएको हो ।

शील गर्नु अगाडी मँगलबार बिहान प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले आगामी जेठ ११ गते राती १२ बजे सम्म सँक्रमक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकले उल्लेखित चार किल्ला क्षेत्र भित्र पुर्ण शिलबन्दी गर्ने, पुर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र आवश्यकता अनुसार नेपाली सेनाले भेईकल पेट्रोल गर्ने लगायतका निर्णय गरेको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले नागरिकपाटीलाई बताउनुभयो ।

बैठकले सँक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको क्लोज मनिटरिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र क्वारेन्टाईनको व्यवस्था गर्ने लगायतका निर्णय सँगै एम्बुलेन्सलाई कोभिड प्रतिकार्यका लागि २४ घण्टा अवस्थामा राख्ने निर्णय भएको थाक्रे गाउँपालिकाले जनाएको छ ।

यो संगै धादिङ जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ३ पुगेको छ । एक जना नेत्रावती गाउँपालिका वडा न. ३ सेमजोङका उर बहादुर तामाङ भने पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology