Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

धार्के-सितापाईला सडकमा ग्राभेल गरिँदै, अब बाह्रै महिना सवारी सञ्चालन हुने

धार्के-सितापाईला सडकमा ग्राभेल गरिँदै, अब बाह्रै महिना सवारी सञ्चालन हुने

नागरिक पाटी

८, जेठ २०७७
शिवराज आचार्य धादिङ । धार्के-सितापाइला सडक खण्डको स्तरोन्नती सुरु भएको छ । धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ को धार्के बजारको महेशखोला पुलबाट ग्राभेल सहित रोलर लगाउने काम सुरु भएको हो । नेपालको संघिय राजधानी प्रवेश गर्ने बैकल्पीक राजमार्गको रुपमा रहेको धार्के- सितापाइला सडक खण्डको महेशखोला पुल देखि ठूलोखोला सम्म १३ किलो मिटर सडकमा ग्राभेल हाल्न र रोलर लगाउने काम सुरु भएको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण कुमार रेग्मीले बताउनुभएको छ । नेपाल सरकारको १४ करोड बजेटबाट उक्त सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउन थालिएको हो । दिब्य ज्योती कन्ट्रक्सनबाट उक्त सडकमा ग्राभेल गर्ने, कच्ची नाला बनाउने र रोलर लगाएर थिच्ने काम भईरहेको दिब्य ज्योती कन्ट्रकसनका शिवराम भण्डारीले नागरिकपाटीलाई जानकारी दिनु भएको छ । उहाँले ९ किलो मिटर सडकमा ग्राभेल बोक्ने काम सम्पन्न भएको र अरु बाँकी क्षेत्रमा केहि दिनमा ग्राभेल बोक्ने भण्डारीको भनाई छ । धार्के-सितापाईला सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउने कामले गर्दा यस बाटो क्षेत्र भित्रका नागरिकले राहत पाउने नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । नैबिसे-नागढुङगा सडक खण्डको बैकल्पीक राजमार्ग रुपमा रहेको यस सडकलाई काठमाण्डौं प्रबेश गर्ने छोटो सडक भए पनि बिगतमा वर्षहरुमा यस क्षेत्रका नागरिकले बर्षाको समयमा धेरै दुख पाएका थिए । अब सडकमा बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने गरि काम भैरहेको मेयर आचार्यको भनाई छ ।

प्रकाशित मिति :जेठ ८, २०७७ बिहिवार - २१:००:०४ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology