Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

विश्वभर २४ घण्टामा एक लाख कोरोना संक्रमित थप , ३ लाख ३४ हजारको मृत्यु

विश्वभर २४ घण्टामा एक लाख कोरोना संक्रमित थप , ३ लाख ३४ हजारको मृत्यु

नागरिक पाटी

९, जेठ २०७७
काठमाडौं । विश्वभर दैनिक एक लाखभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेको छ । गत २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि भएका छन् । विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका छन् । मृतक संख्या ३ लाख ३४ हजार पुगेको छ । अमेरिकामा मात्र १६ लाख २० हजार संक्रमि पुगेका छन् । त्यहाँ ९६ हजारको मृत्यु भएको छ । रुसमा र ब्राजिलमा संक्रमित संख्या ३ लाख नाघेको छ । स्पेनमा २ लाख ८० हजार, बेलायतमा २ लाख ५० हजार, इटालीमा २ लाख २८ हजार, फ्रान्समा १ लाख ८१ हजार संक्रमित भइसकेका छन् । नेपालमा ४५७ संक्रमित पुगेका छन् । ३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - ०७:१८:४४ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology