Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

साउदी अरबमा १३ सय भन्दा बढि नेपालीलाई कोरोना संक्रमण

साउदी अरबमा १३ सय भन्दा बढि नेपालीलाई कोरोना संक्रमण

नागरिक पाटी

९, जेठ २०७७
काठमाडौं । साउदी अरबमा १ हजार ३सय ६४ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ ७ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ । राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, जेद्दा क्षेत्रमा १७६, मक्का आसपासको क्षेत्रमा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा संक्रमण देखिएको छ । यसअतिरिक्त कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली सङ्क्रमित भएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य परीक्षण गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ । कोरोना सङ्क्रमणले समस्यामा परेका नेपालीहरूको विवरण संकलनका लागि दूतावासले जेठ १ गतेदेखि अनलाइन फारम पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - ०७:३३:१९ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology