Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

थाक्रे गाउँपालिका अध्यक्षद्धारा वडा नम्बर ९ को वडा कार्यालय भवन शिलान्यास

थाक्रे गाउँपालिका अध्यक्षद्धारा वडा नम्बर ९ को वडा कार्यालय भवन शिलान्यास

नागरिक पाटी

९, जेठ २०७७
धार्के । धादिङको थाक्रे गाउँपालिकाले वडा नम्बर ९ को वडा कार्यालय भवन शिलान्यास गरेको छ । सामाजिक दुरी कायम गर्दै थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले भवनको शिलान्यास गरेका हुन् । गाउँपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुन लागेको वडा कार्यालय भवन ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । कोरोना भाइरसको बिश्व ब्यापी महामारीमा सामाजिक तथा भौतिक दुरी कायम गर्दै निर्माणको गति बढाईने गाउँपालिकाले जनाएको छ । बिगत लामो समयदेखि साविक केवलपुर गाबिसको कार्यालयबाटै थाक्रे गाउँपालिका वडा नम्बर ९ र १० को काम हुँदै आएको थियो । करिव ४० लाखको लागतमा वडा कार्यालय निर्माण गर्न लागीएको उपाध्यक्ष अम्बिका रुपाखेतीको भनाई छ ।

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - ०८:०४:०० बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology