Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

धादिङको थाक्रेमा गरिएको शील फुकुवा

धादिङको थाक्रेमा गरिएको शील फुकुवा

नागरिक पाटी

९, जेठ २०७७
धार्के । धादिङको थाक्रे वडा नम्बर ७ एक व्यक्तिमा सोमबार कोरोना सँक्रमण भएको पुष्टि भएपछि पालिकाको विभिन्न स्थानमा गरिएको शील फुकुवा गरिएको छ । शुक्रबार गाउँपालिकाले एक सुचना जारी गर्दै सँक्रमित व्यक्तिको परिवारका सदस्यहरु र नजिकमा सम्पर्कमा रहेका अन्य व्यक्तिको कोरोना परिक्षण गर्दा सबैको नेगेटिभ रिर्पोट आएकाले शील फुकुवा गरेको जनाएको छ । यसअघि गाउँपालिकाले सँक्रमित व्यक्तिको घर तथा बस्ती र पुर्वमा गोजेखोल्सा एभरेष्ट पम्प, पश्चिममा पृथ्वी राजमार्गको ८ किलो, उत्तरमा महेशखोला र दक्षिणमा उडुवादेवी आधारभुत विद्यालय भित्रको चार किल्लामा जेठ ११ गते राती १२ बजे सम्मका लागि शील गरेको थियो ।

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - १५:०४:२४ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology