Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

थप २० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

नागरिक पाटी

९, जेठ २०७७
  काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज शुक्रबार दिउँसो थप २० संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय नाघेको हो। सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र बैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी, कैलालीमा ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा १४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी, मोरङको रतुवामाई–२ का १ जनामा पनि संक्रमण देखिएको छ । उनका अनुसार बाँकेमा २१ जना कोभि १९ मुक्त भएर अस्पतालबाट घर फर्किए भएका छन्। अब निको हुनेको सङ्ख्या ७० पुगेको छ।

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - १७:०१:१३ बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology