Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६ पुग्यो

नागरिक पाटी

९, जेठ २०७७
काठमाडौँ । नेपालमा थप ९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा मकवानपुर हेटौँडा–३ की ५४ वर्षीया महिला र भक्तपुरकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ। यस्तै वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा भएको परीक्षणमा बाराको सिमरनगड नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति :जेठ ९, २०७७ शुक्रवार - २१:०९:१० बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology