विश्वभर कोरोना भाइरसका कारण ५२ लाख ५ हजार संक्रमित, ३ लाख ३७ हजारको मृत्यु


  • नागरिक पाटी
  • शनि, जेष्ठ १०, २०७७

काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५२ लाख ५ हजार ९ सय पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आज शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, रुसमा ३ लाख २६ हजार ४ सय ४८, बेलायतमा २ लाख ५५ हजार ५ सय ४४, स्पेनमा २ लाख ३४ हजार ८ सय २४, इटालीमा २ लाख २८ हजार ६ सय ५८ र फ्रान्समा १ लाख ८२ हजार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

छिमेकी मुलुक भारतमा १ लाख २४ हजार ७ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्। विश्वभर ३ लाख ३७ हजार ५ सय ७२ को कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ९५ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ४ सय ७५, इटालीमा ३२ हजार ६ सय १६, स्पेनमा २८ हजार ६ सय २८, फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ। भारतमा ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।

विश्वभर २० लाख ५४ हजार १ सय २५ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ३ लाख ५० हजार १ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन्।

नेपालमा पनि ५ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार एकैदिन ५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय नाघेको हो। संक्रमितमध्ये ७० जना संक्रमणमुक्त भइसकेका छन्। शुक्रबार बाँकेका २१ जना एकैपटक संक्रमणमुक्त भई डिस्चार्ज भएका थिए। संक्रमितमध्ये ३ जनाको भने मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology