युएईमा नेपालीले सबैभन्दा बढी रोजगारी गुमाउँदै


  • नागरिक पाटी
  • शनि, जेष्ठ १०, २०७७

काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले रोजगारी गुमाउने देखिएको छ । युवालाई वैदेशिक रोजगारीमा पठाउँदै आएको वैदेशिक रोजगार व्यवसायी संघले गरेको पछिल्लो अध्ययन अनुसार कोरोनाको सबैभन्दा बढी असर युएईमा रहेका नेपालीमाथि पर्ने देखिएको हो ।

युएईमा रहेकामध्ये कम्तीमा ३० प्रतिशत नेपालीले रोजगारी गुमाउने संघले जनाएको छ । ‘कोरोनाले युएईको होटल, पर्यटन क्षेत्रमा नराम्रो असर परेको छ, संघका महासचिव सुजित कुमार श्रेष्ठले भने, जसले गर्दा होटल, पर्यटन क्षेत्रका काम गर्नेसहित धेरै सुरक्षा गार्डले रोजगारी गुमाएका÷गुमाउँदै छन् । समाचार आजको नागरिक दैनिकबाट  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology