हेटौंडा अस्पतालबाट रिफर भएकी थिईन हेटौंडा ४ की कोरोना संक्रमित महिला


  • नागरिक पाटी
  • शनि, जेष्ठ १०, २०७७

धादिङ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टी गरेको महिलाको ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा ४ की स्थानिय बासिन्दा भएको पाइएको छ । गत जेठ ४ गते हेटौंडा अस्पतालबाट रिफर भई काठमाडौँ आउनु भएकी महिलाको स्वाब काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

हेटौँडाबाट रिफर भई काठमाण्डौँको शिक्षण अस्पतालमा उपचाररत ति महिलाको मुटुको समस्या भई अस्पताल आएपनि निमोनिया देखिएपछि चिकित्सकहरुले कोरोना परीक्षण गर्न पठाएका थिए । कोरोना परिक्षण गर्दा उनिमा कोभिड १९ देखिएको हो ।

उता हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा ति बिरामीसँग नियमित सम्पर्कमा रहेको करिब २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने निर्णय गरीएको हेटौँडा अस्पताल बताएको छ।
अस्पतालले अहिलेसम्म ६६ जनाको स्वाब कलेक्सन गरेर टेष्ट गर्नको लागि पठाएको बताएको छ भने बाँकी कर्मचारी र डक्टरहरुको आजै स्वाब परिक्षणको लागि पठाउने हेटौडा अस्पतालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology