हेटौंडा अस्पतालको ओपीडी सेवा बन्द हुने


  • नागरिक पाटी
  • शनि, जेष्ठ १०, २०७७

हेटौंडा । हेटौंडा अस्पतालले बहिरङ्ग सेवा (ओपीडी) बन्द गर्ने जनाएको छ । अस्पतालमा उपचार गरी काठमाडौं लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो ।

अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेसनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डा हरिबहादुर खड्काले जानकारी दिएका छन । यसबाहेक अस्पतालका १५५ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना संक्रमित महिलासंग विभिन्न चरणमा भेट भएका वा उनको उपचारमा संलग्न लगायतको खोज एवं पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेसनमा राख्ने काम भइरहेको छ । हिजो शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा हेटौंडा–४ का १ जना महिलामा काठमाडौंंकै प्रयोगशालामा कोरोना पुष्टि भएको जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology