पिसिआरबाट २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको परिक्षण


  • नागरिक पाटी
  • शनि, जेष्ठ १०, २०७७

काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९४ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म १ लाख ३२ हजार १ सय ९२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ४५ हजार ९ सय ५७ जनाको पिसिआर र ८६ हजार २ सय ३५ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

अहिले ३६ जना नयाँ थपिएसँगै संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि डिस्जार्च भएका छन्। मुलुकभर हाल ५ सय ८ जना अस्पतालको आईसोलेसनमा छन् भने ३२ हजार ५ सय ८७ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
हाम्रो बारेमा
सम्पर्क

सामाजिक संजाल

© 2020 All right reserved to Aashish Media Network Pvt. Ltd. | Site By : SobizTrend Technology