शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २६६१ पुग्यो, उपत्यकामा मात्रै १७९४

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २६६१ पुग्यो, उपत्यकामा मात्रै १७९४

नागरिक पाटी

३१, श्रावण २०७७
  • 6.5K
    SHARES
  • बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २६६१ पुग्यो, उपत्यकामा मात्रै १७९४

    काठमाडौं । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ६६१ पुगेको छ। तीमध्ये काठमाडौं उपत्यकामा मात्र एक हजार ७९४ जना छन्।
    पछिल्लो २४ घण्टामा बाग्मती प्रदेशमा थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंमा ८०, मकवानपुरमा १७, ललितपुर, भक्तपुर, चितवन तथा काभ्रेमा ९/९, दोलखामा पाँच, रामेछापमा तीन र सिन्धुली तथा रसुवामा एकरएक जना छन्।

    images
    images

    अहिलेसम्म प्रदेशमा ६४१ जना कोरोनामुक्त भएका छन् भने कोरोना संक्रमित दुई हजार तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म १७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन्।

    यस्तो छ संक्रमितको जिल्लागत विवरण

    काठमाडौं – १४४२
    ललितपुर – २२९
    भक्तपुर – ११९
    रसुवा – १३
    नुवाकोट – ६८
    धादिङ – १६०
    चितवन – १८९
    सिन्धुली – ५१
    मकवानपुर – १६७
    रामेछाप – ५४
    दोलखा – २५
    काभ्रे – ६०
    सिन्धुपाल्चोक – ८०

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७७ शनिवार - २०:४९:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology