धादिङ । धादिङका थप ५ जनालाई कोरोना संक्रमण भएको छ । धादिङको गजुरी गाउँपालिकाका १ जना, सिद्धलेकका १ जना, गंगाजमुना गाउँपालिकाका २ जना र त्रिपुरासुन्दरीका १ जना गरी ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका अनुसार गजुरी गाउँपालिका वडा नम्बर २ की ४३ वर्षीया महिला, सिद्धलेक गाउँपालिका वडा नम्बर १ की २८ वर्षीया महिला, गंगाजमुना गाउँपालिका वडा नम्बर ५ का १८ वर्षीय पुरुष, वडा नं ७ का २८ वर्षीय पुरुष र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ की ३१ वर्षीय महिलालाई कोरोना सँक्रमण भएको हो । यो सँगै धादिङमा जम्मा संक्रमितको सँख्या ३ सय ८५ पुगेको छ ।