शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोभिड-१९ का कारण नेकपा शीर्ष नेताहरूको भेटघाट बन्द

कोभिड-१९ का कारण नेकपा शीर्ष नेताहरूको भेटघाट बन्द

नागरिक पाटी

१९, आश्विन २०७७
  • 6.8K
    SHARES
  • कोभिड-१९ का कारण नेकपा शीर्ष नेताहरूको भेटघाट बन्द

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सचिवालयमा कार्यरत प्रमुख राजनीतिक सल्लाहकारदेखि सचिवालयका अन्य सदस्य र सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेता होम आइसोलेसनमा बसेका छन्।

    images
    images

    प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अफिसियल फोटोग्राफर र निवासमा कपाल काट्ने नाईलाईसमेत संक्रमण देखिएपछि सबैलाई परीक्षण गर्दा प्रमुख राजनीतिक सल्लाहकारसहित सुरक्षाकर्मीलाई संक्रमण देखिएको हो।

    अहिले प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सावधानी अपनाइएको छ। साथै अत्यावश्यकबाहेक उनका सबै भेटघाट बन्द गराइएको छ। आइतबार दिउँसो दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच दुई घण्टा भेटघाट भए पनि अन्य नेतालाई भने बालुवाटार प्रवेशमा रोक लगाइएको छ। ‘प्रधानमन्त्री ओलीले भेट्नै परेकाले उच्च सतर्कताका साथ भेटघाट भएको र दुई अध्यक्षको भेट पनि दूरी कायम गरेर भएको हो,’ स्रोतले भन्यो।

    प्रधानमन्त्रीनिवासमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आइतबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक पनि स्थागित गरिएको छ। दुई अध्यक्षबीच भेटघाट हुँदा कोरोना संक्रमण नियन्त्रण र त्यसको उपायबारे छलफल भएको साथै अन्य सरकारी नियुक्तिबारे पनि छलफल भएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अत्यावश्यकबाहेक सबै भेटघाटलाई बन्द गरिएको आजको नागरिक दैनिकमा खवर छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - ०८:२९:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology