शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंमा कोरोनाको उच्च जोखिम

काठमाडौंमा कोरोनाको उच्च जोखिम

नागरिक पाटी

२२, आश्विन २०७७
  • 6.0K
    SHARES
  • काठमाडौंमा कोरोनाको उच्च जोखिम

    काठमाडौं । उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै १६ सय ८४ जना कोरोना संक्रमण पुष्टि भएपछि सरकारले उपत्यकामा महामारीको जोखिम रहेको भन्दै सचेत हुन आग्रह गरेको छ ।

    images
    images

    बुधबार काठमाडौं जिल्लामा मात्र १२ सय ९६, ललिपुरमा २ सय ९३ र र भक्तपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा १६ सय ८४ सँगै बुधबार देशभर ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    उपत्यकामा सबैभन्दा धेरै संक्रमणको जोखिम भएकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको हो । देशभरका ठूला सहरमा पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ । त्यसमध्ये पनि उपत्यकामा संक्रमण दर उच्च रहेको छ ।

    सरकारले उपत्यकाको संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै सचेत रहन आग्रह गरेको हो । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख नरहेकाले बताए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकामा भार अत्याधिक बढ्दै जाँदा अहिले सङ्क्रमितहरुले पायक पर्ने अस्पतालमा शैय्या पाउन छाडेको बताए ।

    बजार र पसलमा कोरोनालाई बिर्सिएर भीडभाड गरेको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड अपनाउन सबैलाई आग्रह गरे । उनले सबै बजार खुलेको देखेर दौडिने भन्दा पनि आफैं स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अत्यावश्यक काममा मात्र निस्कन आग्रह गरेका हुन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०७७ बिहिवार - ०९:१३:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology