शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने अध्यक्ष नेपालको भनाई

एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने अध्यक्ष नेपालको भनाई

नागरिक पाटी

१, आश्विन २०७८
  • 5.0K
    SHARES
  • एक हप्ताभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने अध्यक्ष नेपालको भनाई

    नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् ।

    images
    images

    मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।

    उनले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताए । सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको बताउँदै उनले भने, ‘यस अर्थमा हाम्रो भूमिका सरकार सन्चालनमा रहने छ, सहयोगी रहनेछ, सहकार्य गर्ने छौं, सँगसँगै अगाडि बढ्ने छौं । सरकारमा हामी सामेल हुनेछौं ।’

    संघीय सरकारमा सामेल हुने बताउँदै नेता नेपालले प्रदेश १ र बागमती प्रदेश सरकारमा पनि ‘महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताए । ‘सातैवटा प्रदेशमा पनि हाम्रो सहभागीता रहनेछ ,’ उनले बताएका छन ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०७८ शुक्रवार - १४:२१:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology