शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकामा विभिन्न विषयका ८३ वटा घटनाहरुको निरुपण तथा मेलमिलाप

धुनिवेशी नगरपालिकामा विभिन्न विषयका ८३ वटा घटनाहरुको निरुपण तथा मेलमिलाप

आशिष ठकुरी

१४, पौष २०७८
  • 5.9K
    SHARES
  • धुनिवेशी नगरपालिकामा विभिन्न विषयका ८३ वटा घटनाहरुको निरुपण तथा मेलमिलाप

    धादिङको धुनिवेशी नगरपालिकामा विभिन्न विषयका ८३ वटा घटनाहरु निरुपण तथा मेलमिलाप गरिएको छ । नगरपालिकाको निर्वाचित पहिलो स्थानिय सरकारका चार वर्षीय उपलब्धीहरु विषयक पुस्तकमा उक्त सँख्याका घटनाहरु निरुपण तथा मेलमिलाप गरिएको उल्लेख छ ।

    images
    images

    संबिधानको धारा २३१ अनुसार गठित न्यायिक समिति अन्तर्गत ८३ वटा बिषयबस्तुहरु मध्ये जग्गा विवादको ३०, आथिक विवादको ९, घरायसीको २१, महिला हिंसाको ४, वाताबरण प्रदुषणको ३ वटा घटनाहरु निरुपण तथा मेलमिलाप गरिएको छ । यस्तै बाटो विवादको ५ वटा, खानेपानी विवादको ४, अंशबन्डा विवादको ४, बहुबिबाहको १, मानसिक यातनाको १ र औध्योगिक कार्यको बिबाद अन्तर्गत १ वटा रहेको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले हालै मात्र चार आर्थिक वर्षसम्म भएका उपलब्धिहरु समेटिएको पुस्तक प्रकाशन गरेर सार्वजनिक गरिसकेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १४, २०७८ बुधवार - १२:५५:२३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology