शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन सुझाबसहित पारित

एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन सुझाबसहित पारित

नागरिक पाटी

२६, फाल्गुण २०७८
  • 6.7K
    SHARES
  • एकीकृत समाजवादीको राजनीतिक प्रतिवेदन सुझाबसहित पारित

    सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सुझाबसहित पारित भएको छ । बिहीबार सम्पन्न दुईदिने केन्द्रीय समिति बैठकले राजनीतिक प्रतिवेदन सुझाबसहित पारित गरेको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।

    images
    images

    प्रतिवेदनमाथि नौ समूहमा विभाजित केन्द्रीय सदस्यहरूले समूहगत छलफल गरेका थिए । समूह नेताले बिहीबारको बैठकमा सुझाब पेस गरेपछि अध्यक्ष नेपालले उठेका प्रश्नको जवाफ दिएका थिए ।

    पारित प्रतिवेदनमा वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण, एमसिसी र व्याख्यात्मक घोषणाको चर्चा, पार्टी पुनर्गठनदेखि हालसम्मको संगठनात्मक कामको समीक्षा र आगामी कार्ययोजनालगायतका विषय समावेश छन् । बैठकले संगठन सञ्चालन निर्देशिका र सम्पर्क मञ्च सञ्चालन निर्देशिका पनि सुझाबसहित पारित गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०७८ बिहिवार - १७:५४:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology