गल्छि, धादिङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको भविष्य नरहेको बताएका छन्। नेकपा एकिकृत समाजबादी गल्छी गाउँपालिका संगठन कमिटि धादिङको प्रथम अधिबेशनमा प्रमुख अतिथिका रुपमा आउनु भएका अध्यक्ष नेपालले भन्नु भयो, ‘राष्ट्रिय सभाको देशैभरि चुनाव भयो। हाम्रो गठबधनले १८ सिटमा जितेर केपी ओलीको पार्टीलाई धुलो चटाइदियौं। त्यसैले त्यो पार्टीको भविष्य छैन।’
गल्छी गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी चुनावमा मिलेर जाने प्रयास गर्ने बताए। “सबैलाई साथमा लिएर जाने हाम्रो प्रयास हुनेछ,” नेपालले भने, “वाम शक्तिलाई एकताबद्ध बनाउने हाम्रो उद्देश्य हुनेछ।”
उनले स्थानीय चुनावमा तालमेल हुने ठाउँमा तालमेल गर्ने र नभएको ठाउँमा एक्लै लड्ने बताए। “कसैलेसँग तालमेल भयो भने तालमेल गरौंला। एउटा वडामा एउटालाई अध्यक्ष, अर्कोलाई सदस्य मिलाऔंला,” उनले भने, “एक्लै जित्ने ठाउँमा एक्लै पनि लड्नेछौं।” त्यसका लागि तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।

त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले ओलीको कारणले बिद्रोह गर्ने र नेपालको कम्यूष्टि पार्टीलाई बचाउन नेकपा एकीकृत समाजवादी पार्टी खोल्नु परेका बताएका छन। बिद्रोह कै लागि नेकपा एकीकृत समाजवादीले कलम चिन्न लिएर आएको उनको भनाई छ ।

त्यसै गरी कार्यक्रममा बोल्नु हुँदै श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले श्रमिकको हक हितका लागि सरकारले काम गरेको बताएको छन ।