शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

नागरिक पाटी

२२, जेठ २०७९
  • 5.1K
    SHARES
  • एकीकृत समाजवादीले नयाँ मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझायो

    नेकपा (एकीकृत समाजवादी) ले आज आइतवार बेलुकी नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बेलुकी प्रधानमन्त्री देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाउनुभएको पार्टी केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिनुभयो ।

    images
    images

    सिफारिस भएका मन्त्रीहरूमा सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामा भवानी खापुङ, संस्कृतिमा जीवनराम श्रेष्ठ र श्रममा शेरबहादुर कुँवरको नाम सिफारिस गरिएको छ । त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उहाँको ठाउँमा केसीलाई ल्याइएको हो ।

    पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्न सचिवालय बैठकले शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएपछि उच्च तहका नेताहरूबीच भएको छलफलबाट नयाँ नाम सिफारिस गरिएको हो । एकीकृत समाजवादीले रामकुमारी झाँक्री, विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बोलाएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - २०:०७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology