शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आगामी चुनाव : धादिङमा महिला उम्मेद्धारको सँख्या अत्यन्त न्युन

आगामी चुनाव : धादिङमा महिला उम्मेद्धारको सँख्या अत्यन्त न्युन

आशिष ठकुरी

२५, आश्विन २०७९
  • 3.7K
    SHARES
  • आगामी चुनाव : धादिङमा महिला उम्मेद्धारको सँख्या अत्यन्त न्युन

    धादिङमा मनोनयन पत्र दर्ता भएका उम्मेद्धारहरुमा महिलाको सँख्या अत्यन्त न्युन रहेको छ । आगामी मँसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा धादिङमा ७४ जनाको उम्मेद्धारी परेकोमा ५ जना मात्र महिला रहेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । उम्मेद्धारी परेको पुरुषको सँख्या भने ६९ रहेको छ ।

    images
    images

    निर्वाचन कार्यालयका अनुसार प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर २ मा २ जना महिलाको उम्मेद्धारी परेको छ । यस्तै प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर १, प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर १ र प्रतिनिधी सभा सदस्य क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य क्षेत्र नम्बर २ मा १/१ जना गरि ३ जनाको उम्मेद्धारी परेको छ । यसबाहेक अरु सबै पुरुषको उम्मेद्धारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

    २ प्रतिनिधी सभा सदस्य र ४ प्रदेश सभा सदस्य निर्वाचनका लागि ७४ जनाको उम्मेद्धारी परेको हो । आगामी निर्वाचनको लागि झण्डै ७ प्रतिशत मात्र महिलाको उम्मेद्धारी परेको छ ।

    dhading nirwachan.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०७९ मंगलवार - १७:१३:२८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology