शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रेडियो लाङटाङको अध्यक्षमा सोहम सुवेदी चयन

रेडियो लाङटाङको अध्यक्षमा सोहम सुवेदी चयन

आशिष ठकुरी

८, माघ २०७९
  • 12.4K
    SHARES
  • रेडियो लाङटाङको अध्यक्षमा सोहम सुवेदी चयन

    रसुवा । पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो लाङटाङको अध्यक्षमा सोहम सुवेदी चयन हुनुभएको छ । सँस्थाको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो ।

    images
    images

    अधिवेशनले सुवेदीको अध्यक्षतामा ७ सदस्सिय कार्य समिति पनि चयन गरेको हो । जसको उपाध्यक्षमा गिता घिमिरे, सचिवमा गिता न्यौपाने, कोषाध्यक्षमा र्दुगानाथ न्यौपाने (बलराम) लाई चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा शिवराम भण्डारी, केशव मिश्र र सर्मिला न्यौपाने घिमिरे चयन हुनुभएको छ ।

    यस्तै अधिवेशन मार्फत तिन सदस्यिय सल्लाहकार समिती पनि गठन गरिएको छ । समितीको सल्लाहकारमा नारायणचन्द्र सुवेदी र जितेन्द्रमान श्रेष्ठ चयन हुनुभएको हो भने कानुनी सल्लाहकारमा राजाराम अधिकारी चयन हुनुभएको छ ।

    soham.jpg

    संस्थाको ८ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा स्वर्गिय रामकृृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार-२०७९ बाट रसुवाका जेष्ठ पत्रकार ज्ञानेन्द्र नाथ न्यौपाने पुरस्कृत तथा सम्मानित हुनुभएको छ । उहाँलाई रु. ११,१११ नगद सहित प्रमाण र दोसल्ला सहित सम्मान गरिएको हो ।

    कार्यक्रममा रसुवाबाट निर्वाचित प्रतिनिधि सभाका सासंद, प्रदेश सभाका सासंद तथा स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु, जग्गादाता, रेडियो जिँगल निर्माणमा सहयोग गर्नुहुने कलाकारलाई पनि सम्मान गरिनुका साथै सहभागी सबै अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको संस्थाका सचिव गिता न्यौपानेले बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख विजय लामाको प्रमुख आतित्थ्यता रहेको थियो भने सामुदायिक रेडियो प्रसारक सँघ अकोराबका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा लगायतको विशेष आतित्थ्यता र विभिन्न कार्यालय तथा सँघ सँस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको आतित्थ्यता रहेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - १२:३२:१० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology