धादिङ । गजुरीको वडा नं. ३ र ४ का विभिन्न क्षेत्रमा शनिबार देखी विद्युतिय संरचनामा भोल्टलाईन प्रवाह हुने भएको छ । उक्त वडाका ज्यामिरे भञ्ज्याङ, वालसिंङ, पुकुन, तार्के, नेवारबास, पाटाबारी, गैरीगाँउ, धर्मेचौर र बासखर्क क्षेत्रमा भईरहेको विद्युतिकरण कार्य सम्पन्न भएकोमा शनिबार बिहान ८ बजे देखि विद्युतिय संरचनामा भोल्टलाईन प्रवाह हुने नेपाल विद्युत प्राधिकरण, ग्रिड सोलार एण्ड ईनर्जि ईफिसियन्सी आयोजनाले जनाएको छ ।
माघ २८ गते शनिबार बिहानबाट जुनसुकै समयमा पनि विद्युतिय संरचनामा ११ के.भि./४०० भोल्टलाईन प्रवाह हुने भएकोले विद्युतका पोल, स्टे, तार आदिमा नछुनु हुन तथा विद्युत ट्रान्सफर्मर नजिक जाने, पोल वा स्टे सेटमा घरपालुवा पशु/पंक्षी बाँध्ने जस्ता कार्यहरु समेत नगरिदिन आयोजनाले आग्रह गरेको छ ।
यस्तै लाईन परिक्षणको क्रममा कहिँ कतै आगो बलेको जस्तो देखिने गरि प्रकाश आएमा वा धुँवा देखिएमा गजुरी प्रशाखाको फोन नम्बर ०१०४०२११५ वा मोबाईल ९८६१५०५३६३ सम्पर्क गरेर जानकारी गराउन सकिने ग्रिड सोलार एण्ड ईनर्जि ईफिसियन्सी आयोजनाको भनाई छ ।