शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा वडा नम्बर ६ बाट पिपिआर खोप अभियान सुरु

धुनिवेशीमा वडा नम्बर ६ बाट पिपिआर खोप अभियान सुरु

आशिष ठकुरी

१, फाल्गुण २०७९
  • 10.4K
    SHARES
  • धुनिवेशीमा वडा नम्बर ६ बाट पिपिआर खोप अभियान सुरु

    धुनिवेशीमा वडा नम्बर ६ को देविथानबाट पिपिआर खोप अभियान सुरु भएको छ । जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङ र धुनिवेशी नगरपालिकाको आयोजनामा धुनिवेशीको देविस्थानमा रहेको एबि कृषी तथा पशुपन्छी फार्मबाट सँक्रामक पिपिआर रोगको रोकथाम र नियन्त्रणको लागि खोप अभियान सुरु भएको हो ।

    images
    images

    धुनिवेशी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रमेश प्रसाद आचार्यको प्रमुख आतित्थ्यतामा सुरु भएको अभियानमा आज १९९ वटा बाख्राहरुलाई पिपिआर खोप लगाईएको छ । खोप धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ मा सकेर वडा नम्बर ५ हुँदै अन्य वडाहरुमा सञ्चालन गरिने धुनिवेशीको पशुपन्छी शाखाका प्रमुख टँक कटुवालले बताए ।

    बागमती प्रदेश सरकारको कृषि तथा पशुपंन्छी मन्त्रालयले पीपीआर नियन्त्रणका लागि आजबाट ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने निर्णय अनुसार धुनिवेशीमा पनि अभियान सञ्चालन भएको हो ।

    यसैबिच बागमती प्रदेश सरकारको कृषि तथा पशुपंन्छी मन्त्रालयले प्रदेशभित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको हो । मन्त्रालयले प्रदेशभर कुल २६ लाख १३ हजार २३२ भेडाबाख्रामध्ये ४९ प्रतिशत भेडाबाख्रालाई मात्र पीपीआर खोप लगाउन लागिएको हो ।
    संघीय सशर्त मार्फत प्राप्त भएको खोपबाट प्रदेशभरका जम्मा ४९ प्रतिशत भेडाबाख्रामा खोप पुग्ने भएपनि यहि पेशामा रहेका किसानहरुलाई ठुलो आर्थिक क्षति हुनबाट रोकिने मन्त्रालयका प्रवक्ता झलकनाथ कंडेलले बताए ।

    मन्त्रालयले गत वर्ष उक्त अभियान अन्तर्गत ८ लाख ३० हजार १८७ भेडाबाख्रालाई पीपीआर खोप लगाएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - १९:०४:३१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology