शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीका मेयर, उपमेयर, पुर्व उपमेयर सहित अन्य व्यक्तित्वहरु सम्मानित

धुनिवेशीका मेयर, उपमेयर, पुर्व उपमेयर सहित अन्य व्यक्तित्वहरु सम्मानित

आशिष ठकुरी

२७, फाल्गुण २०७९
  • 10.2K
    SHARES
  • धुनिवेशीका मेयर, उपमेयर, पुर्व उपमेयर सहित अन्य व्यक्तित्वहरु सम्मानित

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ मा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयले नगरप्रमुख, नगर उपप्रमुख र पुर्व नगर उपप्रमुख सहित अन्य व्यक्तित्वहरुलाई सम्मान गरेको छ । विद्यालयको ५३ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनिहरुलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो ।

    images
    images

    विद्यालयले नगरकै पहिलो आवासिय विद्यालयको रुपमा अघि बढाउनका लागि छात्रावासको सञ्चालन लगायत विद्यालयको भौतिक तथा शैक्षिक सुधारको पक्षमा अमुल्य योगदान गरेको भन्दै आगामी दिनमा पनि सहयोग, सद्भाव अनि मार्गदर्शनको अपेक्षाका साथ नगरप्रमुख बालकृष्ण आचार्य र पुर्व नगर उपप्रमुख निरु खरेललाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शेखर कार्कीले बताए । आचार्य र खरेल पहिलो कार्यकालको नगरप्रमुख र नगर उपप्रमुख हुन् । आचार्य भने अहिले पनि नगरप्रमुखको रुपमा छन् ।

    2.jpg

    यस्तै नगरउपप्रमुख सुरज उप्रेतीलाई विद्यालयको भौतिक तथा शैक्षिक सुधारको पक्षमा अमुल्य योगदान गरेको भन्दै विद्यालयले सम्मान गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कार्कीको भनाई छ ।

    4.jpg

    यस्तै विद्यालयले अवकाश प्राप्त पुर्व शिक्षक दिनेश राय यादव, गिता पाठक र देवी कुमारी ओली सहित जग्गादातालाई पनि दोसल्ला र सम्मान पत्र सहित सम्मान गरेको विद्यालयका प्रधानाध्यापक राम प्रसाद अधिकारीले बताए ।

    3.jpg

    विद्यालयको ५३ औँ वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न खेलमा सफल भएका विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको छ । यसैगरी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा योगदान गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई पनि प्रशँसा पत्र प्रदान गरिएको छ ।

    5.jpg

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले विद्यालयको आयव्यय तथा वार्षिक प्रगति विवरण प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुका साथै सहभागी अतिथीहरुले शुभकामना मन्तव्य पनि दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - १७:५६:२७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology