धुनिवेशी । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेको गुडस्टार्ट ईङलिस स्कुलका दिवस कोईरालाले उच्चतम जिपिए ल्याएका छन् । विभिन्न विद्यालयका ९ जनाको ए प्लस ग्रेड आएकोमा कोईरालाले सबैभन्दा बढि ३.८५ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक हर्क लामाले बताए । उक्त विद्यालयबाट ए ग्रेड ल्याउने ६, वि प्लस ल्याउने ४ र वि ग्रेड ल्याउने ५ जना रहेको विद्यालयका शिक्षक दिपेन्द्र रेग्मीको भनाई छ ।
गुडस्टार्ट बाहेक सानाकिसान सहकारी माध्यमिक विद्यालयका ३, शान्तिदिप एकेडेमीका २ र बुद्धभिजन एकेडेमीका ३ जना विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन् ।
नगरपालिका भरी विभिन्न विद्यालयबाट ए ग्रेड ल्याउने विद्यार्थी ३७, बि प्लस ल्याउने ७०, बि ल्याउने १०१, सि प्लस ल्याउने ९५, सि ल्याउने ६३, डि प्लस ल्याउने १२ र डि ल्याउने १ जना सहित ३८८ जना छन् ।
यस्तो छ नगरभित्रका विद्यालयको नतिजाको अवस्था ?
