शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकामा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा सुरु

धुनिवेशी नगरपालिकामा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा सुरु

आशिष ठकुरी

१८, भाद्र २०८०
  • 5.4K
    SHARES
  • धुनिवेशी नगरपालिकामा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा सुरु

    खानीखोला । धादिङको धुनिवेशी नगरपालिकामा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षिक समिक्षा सुरु भएको छ । नगरपालिकाको हलमा सुरु भएको कार्यक्रम मँगलबार सम्म सञ्चालन हुनेछ ।

    images
    images

    कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको बारेमा सहभागीलाई जानकारी गराईएको छ । स्वास्थ्य शाखा प्रमुख धुव्र कुमार अधिकारीले स्वास्थ शाखा अन्तर्गतका विभिन्न स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सँस्थामा भएको सेवा, लाभग्राही सँख्या लगायत पालिकाबाट भएका प्रयास, चुनौती र आगामी कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको छ ।

    swastha (3).jpg

    यस्तै कार्यक्रममा नगरप्रमुख बालकृष्ण आचार्यले पालिकाबाट भएका स्वास्थ्य सम्बन्धी क्रियाकलापहरुको बारेमा जानकारी गराउनुभएको छ । स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा नरेन्द्र कुमार झा, बागमती स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेती र धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले कार्यक्रममा स्वास्थ्य शाखाबाट प्रस्तुत जानकारीको बारेमा आफ्नो धारणा तथा सुझाव दिनुभएको छ । यस्तै कार्यक्रममा यसअघि सञ्चालित सुआहारा कार्यक्रमका बागमती प्रदेश सँयोजक चिरञ्जिवी दाहाललाई प्रशँसा पत्रले सम्मान गरिएको छ ।

    swastha (4).jpg

    औपचारिक कार्यक्रमको समापन पछि उक्त समिक्षा कार्यक्रममा विभिन्न स्वास्थ्य सँस्थाहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका छन् । अब मँगलबार दोस्रो दिन स्वास्थ्य सँस्थाहरुको प्रस्तुती सहित सम्पादित कार्यक्रमहरुको विश्लेषण तथा योजना निर्माण, कार्ययोजनाको प्रस्तुती र प्रतिवद्धता पछि कार्यत्रम समापन हुने स्वास्थ्य शाखाका हेमन्त सुवेदीले जानकारी दिनुभयो ।

    कार्यक्रममा विभिन्न पालिकाका स्वास्थ्य शाखाका प्रमुख, धुनिवेशीका विभिन्न स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सँस्था एवम् विद्यालयमा कार्यरत विद्यालय नर्सहरुको उपस्थिती छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - २०:२१:३८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology