शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वी राजमार्गको खयरघारी र पोखरेखोला क्षेत्रमा जोखिम, अब रातको समयमा सडक बन्द गरेर काम गरिने

पृथ्वी राजमार्गको खयरघारी र पोखरेखोला क्षेत्रमा जोखिम, अब रातको समयमा सडक बन्द गरेर काम गरिने

आशिष ठकुरी

१, आश्विन २०८०
  • 13.9K
    SHARES
  • पृथ्वी राजमार्गको खयरघारी र पोखरेखोला क्षेत्रमा जोखिम, अब रातको समयमा सडक बन्द गरेर काम गरिने

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको क्रममा जोखिम रहेको भन्दै अब रातको समयमा सडक बन्द गरेर काम गरिने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रैको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    images
    images

    बैठकले नौविसे मलेखु सडक खण्डको विस्तार कार्य भईरहेकोमा खयरघारी र पोखरेखोला नजिकको क्षेत्रमा स्वीकृत डिजाईन अनुसार सडक चौडा गर्दा निर्माणको समयमा प्रयोगकर्तालाई हुने सक्ने जोखिमलाई मध्यनजर गर्दै असोज ४ गते देखि असोज २० गते सम्म हरेक दिन राती ११ बजे देखी बिहान ३ बजेसम्म यातायात सेवा बन्द गरि निर्माण कार्य सुचारु गर्ने निर्णय गरेको छ । उक्त समयमा एम्बुलेन्स र सुरक्षा निकायको सवारी साधन बाहेक अन्य सवारी साधन बन्द गरिने निर्णय भएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।

    बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली सहित सडक आयोजनाका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

    हेर्नुहोस् सुचना : 

    suchana.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १५:४४:२० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology