धुनिवेशी नगरपालिकालाई बालमैत्री स्थानिय शासनयुक्त पालिका घोषणा गर्न सामुहिक प्रतिवद्दता जाहेर गरिएको छ । वि.स. २०८३ साल कात्तिक मसान्त भित्र नगरपालिकाको सम्पुर्ण वडा तथा सिँगो नगरपालिकालाई बालमैत्री शासनयुक्त घोषणा तथा दिगोपनाका लागि पुर्णरुपले कर्तव्य पालना गराउन सामुहिक हस्ताक्षर गरि प्रतिवद्धता जाहेर गरिएको हो ।
धुनिवेशीको नौविसे एग्रो रिर्सोटमा भएको बालमैत्री, स्थानिय शासन नितिगत, प्रक्रियागत कार्य कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा सम्बन्धी नगरस्तरिय अभिमुखिकरण कार्यक्रममा विभिन्न निती, निर्देशिका, कार्यविधी अनुसार सहभागी सरोकारवालाहरुले आफ्नो ठाउँबाट सम्बन्धित सुचक पुरा गर्ने कार्यमा सक्रिय हुने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा सहजकर्ता विष्णु प्रसाद चौबेले सहभागीहरुलाई बालमैत्री स्थानिय शासनको अवधारणा, सुचक, यसको घोषणा तथा दिगोपना र कानुनी आधार सहित बालबालिकाको लागि सँवैधानिक व्यवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।

नगरपालिकाको उपप्रमुख सुरज उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरज पौडेल लगायत वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी लगायत विभिन्न विद्यालय, सहकारी, सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।