शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्कियो

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्कियो

नागरिकपाटी न्युज डेक्स

१३, श्रावण २०८१
  • 3.3K
    SHARES
  • त्रिशूलीमा हराएका बस र यात्रु खोज्न आएको भारतीय टोली स्वदेश फर्कियो

    मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली आज स्वदेश फर्किएको छ ।

    images
    images

    खोजीका लागि यही साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोलीले कुनै वस्तु पनि पत्ता लगाउन नसकेपछि आज फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए । भारतीय टोली फर्किए पनि नेपाली टोलीले खोजी जारी नै राखेको उनले बताए ।

    असार २८ गते बिहान भएको घटनामा दुई वटा बससँगै ६२ जना यात्रु त्रिशूलीमा हराएका थिए । असार २८ गतेदेखि नै खोजी भएकोमा अहिलेसम्म बसमा रहेका यात्रुमध्ये १९ जनाको मात्रै शव भेटिएको छ । खोजी गर्ने क्रममा २५ वटा शव भेटिएकोमा एक जना अर्कै घटनाका भएको पुष्टि भएको र पाँच जनाको शव पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - २०:०१:३४ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology