नेकपा (माओवादी केन्द्र) फेरि जनतामा फर्कनुपर्ने निष्कर्षमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जनतामा फर्कनुपर्ने सुझाव प्राप्त भएको बताए । आइतबारको बैठकमा पाँच पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।
बैठक भोलि पनि दिउँसो १ बजे बस्ने उनले जानकारी दिए । वर्तमान परिस्थिति र पार्टी निर्माणका विषयमा बैठकमा छलफल भइरहेको उनको भनाइ छ ।माओवादी पदाधिकारी बैठक गएको शुक्रबारयता जारी छ । बैठक भोलि पनि दिउँसो १ बजे बस्ने उनले जानकारी दिए । वर्तमान परिस्थिति र पार्टी निर्माणका विषयमा बैठकमा छलफल भइरहेको उनको भनाइ छ ।
माओवादी पदाधिकारी बैठक गएको शुक्रबारयता जारी छ ।