संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले आगामी बैठकमा पेस गर्ने व्यवस्थाका लागि सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ ।
आगामी बैठकमा विधेयक पेस गर्ने व्यवस्थाका लागि समिति सभापति सुबेदीले पत्र बुझाएपछि सभामुख घिमिरेले महत्वपूर्ण काम भएको भनेर धन्यवाद दिए । कानुन समितिका सभापति बिमला सुवेदीले शुक्रबार सभामुख घिमिरेलाई भेटेरै यस्तो आग्रह गरेकी हुन् ।