प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालहरुमा उपचारका लागि बिरामीको लाइन लाग्ने अवस्थाको हटाउने विषयमा चासो दिएका छन् । स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपाय र तत्काल गर्न सकिने सुधारका विषयमा बिहीबार साँझ सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले बिरामीलाई विना लाइन र भञ्झट सहजरुपमा उपचार सेवा दिने प्रबन्ध गर्न के गर्नुपर्छ भनेर सोधेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदहाली गरेदेखि नै अस्पतालमा लाग्ने लाइनहरू हटाउन सुझाव संकलन गरिरहेका छन् । प्रधानमन्त्री ओलीले पनि त्यसमा रूची देखाएका हुन् ।